युवालाई विदेश पठाउने क्रममा ७ महिनामा झण्डै ५८ करोड ठगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युवालाई विदेश पठाउने क्रममा ७ महिनामा झण्डै ५८ करोड ठगी

bidesh

मीना कटवाल

काठमाडौं, २४ फागुन । नेपाली युवालाई वैदेशिक रोजगारीका लागि बिदेश पठाउने क्रममा गएको ७ महिनामा मात्र झण्डै ५८ करोड रुपैयाँ ठगी भएको छ । नेपाली कामदालाई विदेशका विभिन्न मुलुक पठाउन सरकारी लाइसेन्स होल्डर म्यानपावर कम्पनी, एजेन्ट, कन्सलटेन्सीलगायत अन्य विभिन्न व्यक्तिगत तवरवाट यो रकम ठगी भएको हो ।

प्रतिकुल राजनीतिक वातावरण, मुलुकमै रोजगारीको अभाव, श्रमअनुसारको आम्दानी नभएपछि मुलुकबाट दैनिक १५ सयभन्दा बढी युवा विदेशिन बाध्य छन् । उनीहरुको त्यही बाध्यतामा खेल्दै कतिपय व्यक्ति, म्यानपावर कम्पनी, कन्सलटेन्सीलगायतले ठगी गरिरहेका छन् ।

हरेक वर्ष बैदेशिक रोजगारीमा जान चाहने युवाहरु ठगीने क्रम बढ्दो छ । बैदेशिक रोजगार विभागमा गत आर्थिक वर्षमा ६९ करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै बैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

तर, चालु आर्थिक बर्षको ७ महिनामा मात्रै ५७ करोड ९४ लाख ठगी भएको उजुरी विभागमा आएका छन् । २० हजारदेखि ५० लाख रुपैयाँसम्म ठगिएका युवाहरु उजुरी लिएर विभाग पुग्ने गरेका छन् ।

यही अनुपातामा ठगी हुने क्रम बढेमा गत वर्षभन्दा यो वर्ष ३० करोड रुपैयाँभन्दा बढी अर्थात झण्डै एक अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । मकवानपुरकी ५५ वर्षीया गंगा सुवेदी ४ वर्षअघि ललितपुरका एक व्यक्तिबाट ३२ लाख रुपैयाँ ठगिन पुगिन् । उनका अनुसार विनोदकुमार उदास नामका व्यक्तिले जापान पठाइदिने भन्दै उक्त रकम लिएर फरार भएका थिए ।

उनी मात्र हैन ठगीएको मुद्दा लिएर विगत सात महिनामा मात्र १२ सय १४ जना बैदेशिक रोजगार विभागमा पुगेका छन् । तर, न्याय पाउने आस धेरैले मारिसकेका छन् ।

पीडितहरुको क्षतिपूर्ति पाउने आस पनि त्यतिबेला टर्छ जव ठगिका महारथिहरु नैं फेला पर्छन् । तिनै ठग महारथिका रुपमा स्थापित भएको छन् न्यू ब्लुस्टार म्यानपावरका संचालक रुद्रबहादुर घिमिरे । ऋण गरेर विदेश जान लागेकाहरुसँग जनही ४० हजार उठाएका रुद्रबहादुर तीन सय ७१ जनासँग डेढ करोड उठाएर फरार छन् ।

फोनमा विरामी परेको बहाना गरिरहने उनी प्रहरीको नियन्त्रणमा पुगेका छैनन् । अहिले उनले स्टाम्पफोड ब्रिजको नाममा कामदार विदेश पठाइ रहेका छन् ।

बैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारी कालो सूचीमा परेका म्यानपावर कम्पनीका संचालनकले नयाँ नाममा कुनै म्यानपावर खोल्न नपाउने बताउँछन् ।

तर, खोलिएका कम्पनी नियन्त्रण गर्नमा भने पहल भएको देखिदैन । हुनतः नेपालको कानूनले वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई कडा कार्वाहीको व्यवस्था गरेको छ । तर कार्यान्वयन गर्ने निकायको उदाशिनता र विदेश जाने कामदारले नैं अपनाउनु पर्ने सावधानी अपनाउन नसक्दा ठगीको श्रृंखला बढिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);