राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित

काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचन कार्यालयले राष्ट्रपति निर्वाचनका उम्मेदवारको अन्तिम नामावलि प्रकाशित गरेको छ ।

कार्यालयले बिहीबार सांझ राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावलीमा पहिलोमा कुमारी लक्ष्मी राई र दोश्रोमा विद्या देवी भण्डारी छन् । उनीहरु दुवै जनाले बुधबार निर्वाचन आयोगमा गएर राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवार माथिको दाबी विरोध र उम्मेदवारीको फिर्ताका लागि निर्धारण गरिएको समय सकिएपछि कार्यालयले राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।

अन्तिम नामावली प्रकाशनसंगै अब गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिका लागि वहालवाला राष्ट्रपति भण्डारी र राईबीच प्रतिष्पर्धा हुने भएको छ । वाम गठबन्धनले भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्याउने निर्णय गर्दै साझा उम्मेदवारका रुपमा उनलाई अघि सारेको छ ।

भण्डारीकी प्रतिष्पर्धी राई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी उम्मेदवार हुन् । दुवै उम्मेदवारको गृह जिल्ला भोजपुर हो । राष्ट्रपतिको निर्वाचन कार्यालयले मतदानका लागि फागुन २९ गते १० बजे देखि अपरान्ह ३ बजे सम्मको समय तोकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);