राष्ट्रपति निर्वाचनको अन्तिम नामावली आज प्रकाशन हुने | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

राष्ट्रपति निर्वाचनको अन्तिम नामावली आज प्रकाशन हुने

election-commition_

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले नयाँ राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दैछ ।
साँझ ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

त्यसअघि उम्मेदवार उपर दावी विरोध भए दर्ता गर्न सकिने र उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्ने कार्यतालिकामा उल्लेख छ । यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ ।

भण्डारीलाई वाम गठबन्धनको समर्थन छ भने राईलाई कांग्रेसले उम्मेदवार बनाएको हो । दुवैजनाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जना मतदाता रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);