सरकारविरुद्ध सडकमा उत्रिन महिला संघलाई देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारविरुद्ध सडकमा उत्रिन महिला संघलाई देउवाको निर्देशन

sherbahadur deuba

काठमाडौं, २४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सडकमा उत्रिन नेपाल महिला संघलाई निर्देशन दिएका छन् । न्यायालयलाई धम्क्याएर सरकारले राज्य संयन्त्रमाथि राजनैतिक नियन्त्रण जमाउन खोजेको भन्दै देउवाले पार्टीनिकट महिला संघलाई सडकमा उत्रिन निर्देशन दिएका हुन् ।

१ सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार सानेपामा आयोजित कार्यक्रममा देउवाले वाम गठबन्धन नेतृत्वको सरकारले विधिको शासनको खिल्ली उडाएको आरोप समेत लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेको र महिलाहरुले पनि देश हाँक्न सक्ने क्षमता पुष्टि गरिसकेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);