जसपाले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जानेबारे निर्णय गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जसपाले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जानेबारे निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ ।

जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने भन्ने निर्णय हुने बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र सो निर्णय लिइने पनि स्पष्ट पार्नुभयो । त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

बैठकले माघ मसान्तभित्र पार्टीमा निष्कृय भएका सबै संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);