रविका कारण मन्त्री बन्न हच्किए नेताहरु ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रविका कारण मन्त्री बन्न हच्किए नेताहरु ( भिडियो रिपोर्ट )

काठमाडौँ, पौष १९ \ माउण्टेन टेलिभिजन एचडी।  अहिलेको सत्ता समिकरण मिलाउन मुख्य भूमिका निभाउनु मध्येका हुनुहुन्छ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन । उहाँ लामो समययता प्रचण्ड र केपी शर्मा ओलीलाई मिलाउन सक्रिय भएर अन्ततः सफल हुनुभयो । पुनले यसपटक महत्वपूर्ण मन्त्रालय पाउने चर्चा थियो । तर, अवसर आएपनि उहाँ सरकारमा नजाने निर्णयमा पुग्नुभएको छ । पुन मात्र नभई नेकपा एमालेका प्रभावशाली नेताहरु सरकारमा जाने अवसर हुँदाहुँदै रोक्किने अवस्था बनेको छ । यसको कारण हो रवि लामिछाने उपप्रधानमन्त्री बन्नु ।

मन्त्रिमण्डलमा अब मन्त्री बन्नेहरु पोर्टफोलियोमा रवि लामिछानेभन्दा मुनी नै रहनुपर्ने हुन्छ । तर, एमाले, माओवादी केन्द्र, जसपा जस्ता दलहरुमा लामो राजनीतिक अनुभव सँगालेका नेताहरु मन्त्री बन्ने दौडधूपमा रहेकामा निष्कृय हुनथालेका छन् । जसका कारण नयाँ अनुहारले अवसर पाउने सम्भावना बढेको छ । माथिल्लो तहका नेताहरूलाई सरकारमा जान असहज परिस्थिति निर्माण भएको नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी स्वीकार्नुहुन्छ ।

राजनीतिमा सानाभन्दा साना विषयले पनि ठूलो अर्थ राख्छ । त्यसमाथि प्रचण्डको क्याबिनेटमा चौंथो वरियतामा रहेर उपप्रधानमन्त्री बनाइएका रवि लामिछानेका कारण राप्रपा समेत सरकारमा जान अगाडि सरिहालेन । तर, संसदीय व्यवस्थामा सांसदको अंकगणितले कुनैपनि दल र उसको नेताको प्रभाव निर्धारण हुने भएकाले रविको राजनीतिक अनुभव तपसिल बनिसकेको छ । तैपनि, नेताहरुले यसमा ख्याल राखेर सरकारमा जान खुट्टा उचालिहालेको स्थिति छैन । राजनीतिक अनुभवका हिसाबले निकै कनिष्ठ मानिएका रवि लामिछानेका कारण नयाँ सम्भावनाहरु भने बनेको छ ।

रवि लामिछानेले मौका चुकाएनन् र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको दाबी गरिहाले अनुसार पाएपनि । यस्तो अवसर जो कसैलाई राजनीतिमा जुरिहाल्दैन । तर, रविका कारण रोकिनेहरु बढ्न सके र बढ्न खोजेकाहरु रोक्किए । सत्तारुढ दलहरुभित्र दाबेदारहरुलाई सरकारको मन्त्रीमा भन्दा पनि अन्य पदहरुमा दाबी गर्ने अवस्था निर्माण गरिदिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);