कैदीबन्दीको सुविधा बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कैदीबन्दीको सुविधा बढ्यो

jail kaidi

काठमाडौं । सरकारले देशभरका कारागारमा रहेका कैदीबन्दीको नगद र लत्ताकपडा सुविधा बढाएको छ ।

कारागार नियमावली संशोधन गरेर सरकारले कैदीबन्दीले पाउने नगद भत्ता र लत्ताकपडा सुविधामा वृद्धि गरेको हो । कैदीबन्दीले दैनिक ६० रुपैयाँ भत्ता पाउँदै आएकामा संशोधित नियमावली अनुसार ८० रुपैयाँ पाउने छन । त्यस्तै ७ महिनादेखि नाबालक उमेर समूहकालाई दैनिक ३५ रुपैयाँ दिइँदै आएकोमा त्यसलाई बढाएर ५० रुपैयाँ पु¥याइएको छ । कारागारमा रहेका महिला सुत्केरी भएमा एक पटकका लागि १ हजार रुपैयाँ सुत्केरी भत्ता दिइँदै आएकोमा त्यसलाई बढाएर २ हजार पु¥याइएको छ । त्यस्तै मौसमअनुकुल हुने गरी कैदीबन्दीलाई चिसोमा ज्याकेट उपलव्ध गराइने निर्णय भएको छ ।

वर्षमा दुई पटक लत्ता कपडा दिइए पनि मौसम धान्ने खालको नहुँदा कैदीबन्दीले असन्तुष्टि जनाउँदै आएका थिए । हरेक २ वर्षमा ३÷३ केजीका सिरक÷डस्ना वा त्यसले धान्ने मूल्य बराबरका बिछ्यौना दिइँदै आएकोमा त्यसलाई बढाएर ५÷५ केजीका कपासबाट बनेका सिरक÷डस्ना दिइने व्यवस्था गरिएको छ । तन्ना भने हरेक वर्ष उपलब्ध गराइने छ ।

कैदीबन्दीका कतिपय सेवासुविधा समयसापेक्ष र मौसम अनुकुल हुने गरी बढाउन विभागले सरकारसँग प्रस्ताव गरेको थियो, त्यहीअनुसार मन्त्रिपरिषद्बाट नियमावली संशोधनमार्फत पोसाकमा हेरफेर, दैनिक पाउने नगद वृद्धि, कैदीबन्दी सुत्केरी हुदा पाउने नगद वृद्धिलगायतका प्रावधानमा हेरफेर भएको हो । हाल देशभर ७४ कारागार र ८ वटा बालसुधार गृह छ । कारागार र बालसुधार गृहमा रहेका कैदीबन्दीको संख्या करिब २७ हजार छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);