एमालेमा मन्त्री चयनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेमा मन्त्री चयनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई

काठमाडौं, ११ फागुन । नेकपा एमाले स्थायी समिति बैठकले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरु चयनको सम्पूर्ण अधिकार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले भुगोल तथा सामाजिक सन्तुलनलाई कायम राख्दै योग्यता, क्षमता लगायत विषयलाई ध्यानमा राखि नेताहरुसंगको परामर्शका आधारमा मन्त्रीहरुको छनौट गर्ने अधिकार अध्यक्ष एव प्रधानमन्त्री ओलीलाई दिएको हो ।

पार्टीबाट सरकारमा सहभागी हुने आकांक्षी नेताहरुको संख्या बढी भएपछि त्यसको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई दिईएको बुझिएको छ ।

बैठकले संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउनका लागि आवश्यक छलफल अघि बढाउने निर्णय गरेको छ ।

एमाले र माओवादी केन्द्रबीचको एकताका लागि पार्टी एकता संयोजन समितिले पास गरेको ७ बुँदे सहमति प्रस्तावलाई पनि स्थायी समितिले अनुमोदन गरेको छ ।

माओवादी केन्द्रसंग पार्टी एकता प्रक्रिया अघि बढीसकेको सन्र्दभमा एमालेले पार्टीका विभिन्न तहका अधिवेसन, सम्मेलन तथा जनसंगठनका अधिवेशन र सम्मेलनहरु तत्कालका लागि स्थगित गर्ने भएको छ ।

पार्टी एकताको संवेदनशीलतालाई ध्यान दिँदै पार्टी सदस्यता नविकरण, भेला बैठक, प्रशिक्षण जस्ता आन्तरिक गतिविधि बाहेक अधिवेशन र सम्मेलन स्थगित गर्ने निर्णय बैठकले गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);