देउवा संसदीय दलको नेता बन्न अयोग्य : प्रकाशमान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देउवा संसदीय दलको नेता बन्न अयोग्य : प्रकाशमान

Prakashman-Singh

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्न अयोग्य भएकोे बताएका छन् ।

सिन्धुलीमा संचारकर्मीसँग कुराकानी गर्दै नेता सिंहले सरकार र पार्टी चलाउन सभापति देउवा असफल भएकाले संसदीय दलको नेता बन्न अयोग्य भएको बताएका हुन् ।

सभापति देउवाले सरकारमा रहँदा पार्टी र जनताको हित विपरीत काम गरेको आरोप लगाउँदै नेता सिंहले संसदीय दलको नेता नयाँ पुस्तालाई दिनुपर्ने बताएका छन् । सर्वसम्मत संसदीय दलको नेता चयन नभए सभापति देउवासँग आफूले प्रतिस्पर्धा गर्ने सिंहले स्पष्ट पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);