मन्त्री छान्न एमाले र माओवादी दुवैलाई हम्मे | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

मन्त्री छान्न एमाले र माओवादी दुवैलाई हम्मे

bam

काठमाडौं, १२ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी हुने मन्त्री छान्न हम्मे परेको छ । १० र ७ मन्त्रालय बाँडफाँट गरेका एमाले–माओवादीले मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिमण्डल विस्तारसमेत सर्दै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले स्थायी समिति बैठकमा मन्त्री छनोट हुन नसकेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई नै मन्त्री छान्ने जिम्मा दिइएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले मन्त्रीहरूको छनोट गर्ने जिम्मा अध्यक्षलाई दिने निर्णय भएको जानकारी दिए । एमालेले प्रधानमन्त्रीसहित ११ मन्त्रालय पाएकोमा तीन गुणा बढी आकांक्षी देखिएका छन् । त्यसमा पनि अर्थ मन्त्रालय मिलाउन एमालेलाई सकस देखिएको छ । पार्टी महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेले अर्थमा दाबी गरेका छन् । स्रोतका अनुसार ज्ञवालीले अर्थ मन्त्रालयको जिम्मा पाउने सम्भावना बढी छ । एमालेभित्र उपाध्यक्ष भीमबहादुर रावल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट र ज्ञवाली, स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतका नेता मन्त्रीका आकांक्षी देखिएका छन् । एमालेबाट यसअघि पूर्वमन्त्री समेत रहेका लालबाबु पण्डित र थममाया मगर मन्त्रीमा नियुक्त भइसकेका छन् ।

माओवादी मन्त्रीको प्रारम्भिक सूची तयार
माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले मन्त्रीको प्रारम्भिक सूची तयार गरेको छ । सबै प्रदेशको प्रतिनिधित्व रहने र समानुपातिक तथा समावेशी ढंगबाट मन्त्री छनोट गर्ने गरी शीर्ष नेताहरूले मन्त्रीको प्रारम्भिक सूची तयार पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच शुक्रबार भएको छलफलमा मन्त्री र राज्यमन्त्री गरेर सातै प्रदेशको प्रतिनिधित्व गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

शीर्ष तीन नेताले प्रदेश १ बाट अमनलाल मोदी, सुदन राई र सुरेश राईमध्ये एक जनालाई सरकारमा पठाउने तयारी गरेका छन् । स्रोतका अनुसार प्रदेश १ बाट राज्यमन्त्री मात्रै पाउने सम्भावना पनि बढी छ । प्रदेश २ बाट गिरिराजमणि पोखरेल र मातृका यादवको नाम चर्चामा छ । दुवै जना मन्त्री छानिने सम्भावना छ । प्रदेश ३ बाट रामबहादुर थापा, पम्फा भुसाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितबहादुर तामाङको नाम प्रारम्भिक सूचीमा परेको छ । थापा र भुसाल प्रदेश ३ बाट मन्त्री हुने सम्भावना बढी छ । पार्टी अध्यक्ष दाहालपछि संसद्मा प्रतिनिधित्व गर्ने दोस्रो वरीयतामा थापा रहेकाले उनकै नेतृत्वमा सरकारमा जानेमा पार्टीभित्र सहमति जस्तै देखिएको छ ।

भुसाल पार्टी प्रवक्ता रहेको, महिला कोटामा पर्ने तथा माओवादीबाट उपत्यकाबाट प्रत्यक्षमा एकमात्र सिट जित्ने नेता समेत भएकाले पनि उनी मन्त्रीको सूचीमा पर्ने प्रवल सम्भावना रहेको छ । प्रदेश ४ बाट देवेन्द्र पौडेल र देव गुरुङ, ५ बाट वर्षमान पुन र चक्रपाणि खनाल, प्रदेश ६ बाट जनार्दन शर्मा र शक्ति बस्नेत र प्रदेश ७ बाट विना मगर र लेखराज भट्टको नाम प्रारम्भिक सूचीमा परेको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले शनिबार सरकारमा सहभागी मन्त्रीहरूको टुंगो लाग्ने बताइन् ।माओवादी केन्द्रको बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री छनोट हुन नसकेपछि पार्टी अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय श्रेष्ठ र थापालाई मन्त्री छनोटको जिम्मा दिइएको थियो । माओवादीभित्र गृह मन्त्रालय मिलाउन नेताहरूलाई हम्मे परेको छ । पूर्वरक्षामन्त्री समेत रहेका थापा, पूर्वशिक्षा तथा स्वास्थ्यमन्त्री समेत रहेका पोखरेल, पूर्वअर्थमन्त्री रहेका पुन तथा पूर्वऊर्जामन्त्री शर्माले गृहमा दाबी गरेका गरेका छन् ।

एमालेमा अर्थ, माओवादीमा गृह मिलाउन सकस
अध्यक्ष ओलीलाई एमालेका मन्त्री छान्ने जिम्मा
माओवादी शीर्ष नेताद्वारा मन्त्रीको प्रारम्भिक सूची तयार
संविधान संशोधनमा प्रतिबद्धता जनाए संघीय फोरम सरकारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी शीर्ष नेतासँग उपप्रधानमन्त्री नराख्ने प्रस्ताव राखेकाले थापाको नेतृत्वमा सरकारमा जाँदा उपप्रधान नहुने भएको खण्डमा भने थापाले नै गृह मन्त्रालय सम्हाल्न सक्ने स्रोतको दाबी छ । प्रधानमन्त्रीपछि ‘पावर सेयरिङ’ मा गृह मन्त्रालय दोस्रो शक्तिशाली मन्त्रालय मान्ने गरिन्छ । आजको रानधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);