प्रधानमन्त्री सहित ११ मन्त्रालय एमालेलाई, ७ मन्त्रालय माओवादीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री सहित ११ मन्त्रालय एमालेलाई, ७ मन्त्रालय माओवादीलाई

काठमाडौं, १० फागुन । एमाले र माओवादी केन्द्रले मन्त्रालय भागबन्डा गरेका छन् । भागबन्डाअनुसार एमालेले प्रधानमन्त्रीसहित ११ मन्त्रालय राख्ने भएको छ । माओवादी केन्द्रले भने ७ मन्त्रालय पाउने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बालुवाटारमा भएको वार्ताले मन्त्रालय भागबण्डा टुंग्याएका हुन् । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासनसहित १० मन्त्रालय राखेको छ ।

माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । एमाले महासचिव ईश्वर पोखरेलले मन्त्रालय बाँडफाँटमा दुई शीर्ष नेताबीच मोटामोटी सहमति भएको र अन्तिम निर्णय हुन बाँकी रहेको प्रतिक्रिया दिए । मन्त्रालय भागबण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् ।

मन्त्री छान्न एमालेले शुक्रबार बिहान ९ बजे स्थायी समिति बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा बस्ने एमालेले जनाएको छ । त्यस्तै माओवादी शीर्ष नेताहरुको बैठकले पनि आफ्नो भागमा परेका मन्त्रालय छिट्टै टुंग्याउने नेताहरुले बताएका छन् ।

संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागि गराउन ओली र दाहालले पटक–पटक वार्ता गरेका छन् । तर, फोरमलाई सरकारमा सहभागि गराउने विषय भने अहिलेसम्म अनिश्चित नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);