सुवास निरौला भ्रष्टाचार मुद्दामा दोषी ठहर, ७ वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुवास निरौला भ्रष्टाचार मुद्दामा दोषी ठहर, ७ वर्ष जेल सजाय

 पर्यटन बोर्डका तत्कालीन सीईओ सुवास निरौलासहित तीनजना दोषी ठहर, बिगो र जरीवनासहित निरौलालाई सात वर्ष जेल सजाय

काठमाडौं, १० फागुन । नेपाल पर्यटन बोर्डका तत्कालीन सीईओ सुवास निरौलासहित तीन जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतले पर्यटन बोर्डका पूर्व कायममुकायम सीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ बिगो तथा ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना पनि तोकेको छ ।

यस्तै अदालतले तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाइएको छ भने वल्र्ड वाइड ट्राभल एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहरिएका छन् ।

दासलाई ५० लाख २९ हजार रुपैयाँ बिगो र २४ लाख ३७ हजार रुपैयाँ जरिवाना तोकिएको छ । विशेष अदालतले खनाललाई भने १ लाख ५४ रुपैयाँ बिगो ठहर गरेको छ ।

यही प्रकरणमा मुछिएका तात्कालीन पयर्टन सचिव सुशील घिमिरे र तत्कालीन वन सचिव शरदचन्द्र पौडेलसहित २० जनाले भने सफाइ पाएका छन् । एक महिनाभन्दा लामो बहसपछि विशेषले यो फैसला सुनाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);