राजस्व हिनामिना गर्ने तीन उपसचिवलाई आठ वर्ष कैद सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजस्व हिनामिना गर्ने तीन उपसचिवलाई आठ वर्ष कैद सजाय

काठमाडौँ, ९ चैत । राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय तोकिएको छ । विशेष अदालतलले तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाएको छ । अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गरेको छ । दुई लेखा अधिकृतलाई भने नौ वर्ष कैद सजाय तोकिएको छ ।

उनीहरुलाई न्यूनतम साढे दुई वर्षदेखि नौ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना असुलको आदेश भएको विशेष अदालतले जनाएको छ । उनीहरुलाई फागुन ३० गते कसुर ठहर गर्दै विशेष अदालतले दुई फरक–फरक मुद्दामा गरी ११ जनालाई दोषी ठहर गरेको थियो ।

संकलन भएको राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायकस्तरका कर्मचारीलाई दोषी ठहर गरेको थियो । अदालतले उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवाना, उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद तथा पाँच करोड ८३ लाख ९२ हजार रुपियाँ बिगो असुलको आदेश र उपसचिव नयराज नेपाललाई आठ वर्ष कैद र छ करोड १७ लाख ६४ रुपियाँ बिगोको आदेश गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);