आज जसपा राजनीतिक समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आज जसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । सरकारमा सहभागिताबारे निर्णय लिन जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठक आज बस्दै छ ।

बिहान ११ बजे बोलाइएको बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा सुरु हुँदैछ ।

भोलिसम्म चल्ने बैठकमा सरकारको न्युनतम साझा कार्याक्रम र सरकारमा सहभागिताबारे निर्णय लिने बुझिएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा जाने वा नजाने विषयमा हालसम्म पार्टीले निर्णय गर्न सकेको छैन् ।

बैठकमा गत निर्वाचनको समिक्षा, विधान अधिवेशन र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डाहरुमा पनि छलफल हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);