वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित : रामचन्द्र पौडेल

ram chandra paudel

काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित भएको आरोप लगाएका छन् ।

नेपाल प्रेश युनियन पाल्पाले मगंलबार तानसेनमा गरेको अन्तरक्रियामा बरिष्ठ नेता पौडेलले नेपाल कम्यूनिष्ट पार्टी नेकपाको नेतृत्वमा बनेको सरकारले दुई तिहाइको दम्भमा भ्रष्टाचार ढाकछोप गर्न थालेको, शुसासन दिन नसकेको आरोप लगाए ।

पौडेलले देशमा हत्या,हिंसा बलात्कार जस्ता घटना बढदै गएको भन्दै सरकार कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आएको उल्लेख गरे । पौडेलले सवैधानिक परिषदले विपक्षी दलको सहभागिता विना संवैधानिक आयोगमा अध्यक्षहरुको नियुक्ती गर्नु गैर कानुनी भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरे । सम्बैधानिक आयोगमा स्वतन्त्र र सक्षम ब्यक्तिको नियुक्ती हुनु पर्ने पक्षमा कांग्रेस रहेको पौडेलको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);