सरकार तुईतिहाईको दम्भ देखाएर कमिसनको खेलमा लागेको गच्छदारको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकार तुईतिहाईको दम्भ देखाएर कमिसनको खेलमा लागेको गच्छदारको आरोप

bijaykumar gachyadar

कञ्चनपुर,  २२ फागुन । नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छादारले सरकार दुई तिहाईको दम्भ देखाई कमिसनको खेलमा लागेको आरोप लगाएका छन् । काँग्रेसका उपसभापति गच्छदारले सरकार विकास निर्माणको काममा भन्दा पनि ठेक्का पट्टाको कमिसनको खेलमा लागेको आरोप लगाए ।

बुधबार महेन्द्रनगरमा नेपाल प्रेस यूनियन कञ्चनपुरको कार्यक्रममा उपसभापति गच्छादारले ओली नेतृत्वको सरकारले संविधानको भावना विपरीत काम गरेर संविधान कमजोर बनाउन लागेको आरोप लगाएका हुन् ।

काँग्रेस नेता गच्छेदारले शिक्षा, स्वास्थ्य लगायतका विधेयक सहमतिमा संसदीय सहमतिबाट पारित गर्नुको साटो दुई तिहाईको दम्भले प्रमुख प्रतिपक्षीको सल्लाहविनै गरिरहेकाले सहमति नगरिएका विधेयकमा काँग्रेसको विमति रहेको बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका गच्छादारले सरकारले विकास निर्माण लगायतका काममा समेत विभेद गरेको आरोप लगाए । सरकारले प्रमुख प्रतिपक्षी काँग्रेसलाई लत्याउँदै एकलौटी ढङगबाट चलेकोमा आपत्ति जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);