ओली नेतृत्वको सरकार कुर्सी बचाउने खेलमा लागेको ‘प्रचण्ड’को आरोप | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

ओली नेतृत्वको सरकार कुर्सी बचाउने खेलमा लागेको ‘प्रचण्ड’को आरोप

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कुुुुर्सी बचाउने खेलमा उदत्त रहेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले सरकारले बजेटमार्फत केही ‘राष्ट्र र जनविरोधी’ योजनाहरु ल्याएर कुर्ची बचाउने खेलमा लागेको आरोप लगाएका हुन् ।

सरकारले ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा तराइलाई मरुभुमीकरण नगर्न आग्रह गर्दे अध्यक्ष प्रचण्डले उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

Leave a Reply

ताजा समाचार