अर्थमन्त्रालयको स्पष्टोक्ति, 'सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्धन गर्न प्रतिबद्ध छ' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अर्थमन्त्रालयको स्पष्टोक्ति, ‘सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्धन गर्न प्रतिबद्ध छ’

काठमाडौं । नेपालबाट ढुंगा बालुवा निकासी गर्ने बजेट वक्तव्यप्रति चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले यस सम्बन्धमा स्पष्ट गरेको छ । बुधबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै चुरे उत्खनन् गर्ने नभई चुरे भावर, शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त स्थानमा खानी सञ्चालन गर्ने भनिएको दाबी गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण उल्लेख गरेका थिए । उक्त निर्णय चुरे क्षेत्र उत्खनन् गर्न आएको भन्दै वातारणविद्, राजनीतिक दल तथा नेताहरुले विरोध जनाएपछि सरकारले अन्यत्र खानी सञ्चालन गर्ने भन्दै यससम्बन्धमा स्पष्ट गरेको हो ।

अर्थमन्त्रालयको प्रेस विज्ञप्तिमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकनका आधारमा चुरे भावर र शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको उल्लेख छ । चुरे क्षेत्रमा ढुंगा , गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने नै यसनीतिको मूल मर्म रहेको अर्थमन्त्रालयको दावी छ ।

मन्त्रालयले चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको पनि जनाएको छ । सम्बन्धित सरकारी निकाय, वातावरणविद, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानूनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा उजनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);