गिट्टी उत्खनन् गर्ने सरकारको नीति घर डढाएर खरानी बेच्ने जस्तै होः सूर्यामाराज राई | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

गिट्टी उत्खनन् गर्ने सरकारको नीति घर डढाएर खरानी बेच्ने जस्तै होः सूर्यामाराज राई

विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्य सूर्यामाराज राईले ढुंगा गिट्टी उत्खनन् गरी निकासी गर्ने केन्द्र सरकारको नीति घर डढाएर खरानी बेच्ने सपना भएको उल्लेख गरेका छन्।

प्रदेश सभाको बजेटमा अधिवेशनमा बोल्दै प्रतिपक्ष काँग्रेसका संसदीय दलका सचेतक समेत रहेको राईले चुरे उत्खनन् गरेर त्यहाँको प्राकृतिक स्रोत साधनलाई भारततर्फ निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको नीतिले देशको भविष्य अन्यौल पर्ने खतरा बढ्दै गएको उल्लेख गरेका हुन् ।

उनले वर्तमान केपी ओलीको नेतृत्वको सरकारले अवैध रुपमा प्रकृतिक स्रोत साधनको दोहन गर्न लागेको आरोप समेत लगाएका छन् । तराईको चारकोसे झाडी क्षेत्रमा रहेका पानीको मुहान सुक्ने थालेको भन्दै उनले यसको संरक्षण गर्नमा सवै देशभक्ति नागरिक एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले यस्को संक्षणमा ध्यान दिनु त कता हो कता उल्टै चुरे उत्खनन् गर्न लागेको आरोप लगाए । चुरे संरक्षणका लागि प्रदेश २ सरकारले जस्तै प्रदेश १सरकारले पनि जोड दिनुपर्नेमा उनको धारणा रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);