सांसदका प्रश्नको जवाफ दिन सभामुख महराको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सांसदका प्रश्नको जवाफ दिन सभामुख महराको रुलिङ

krishna bahadur mahara

काठमाडौं, २५ पुस । सभामुख कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री र मन्त्रीहरुलाई रुलिङ गरेका छन् ।

बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसंग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई सार्वजनिक महत्वको बिषयमा जवाफ दिन रुलिङ गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले गत आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेपछि सांसदहरुले उठाएका प्रश्नको उत्तर नदिएको भन्दै आपत्ति जनाएका थिए ।

खाँडले सार्वजनिक महत्वका बिषयमा सांसदले प्रश्न सोध्ने र प्रधानमन्त्री र मन्त्रीहरुले जवाफ दिने कुराको सुनिश्चित नभएसम्म बैठक संचालन हुन नसक्ने बताएपछि सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुलाई सांसदले बैठकमा राखेका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);