सशस्त्र प्रहरीको बढुवा नरोक्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सशस्त्र प्रहरीको बढुवा नरोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, २५ पुस । संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवा लगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको बढुवा लगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

सो बलको बढुवा लगायतका वृत्ति विकास रोकिएको गुनासो आईरहेको थियो । सोही समस्या विधिसम्मत ढंगले तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । समितिले सशस्त्र प्रहरी बलको कामलाई प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको रोकिएको बढुवा लगायतका वृत्ति विकासको अवसर प्रदान गर्न सशस्त्र प्रहरी ऐन संशोधन प्रक्रिया सुरु गरिएको समितिलाई जानकारी गराए ।

उनले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको बढुवा लगायतका माग सम्बोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । ऐनका कारण केही समययता सो बलको बढुवा रोकिएको भएपनि अब फुकाउँदै लैजाने गृहमन्त्री थापाको योजना छ।

गृहमन्त्री थापाले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी र नेपाली सेनामा सरुवा गर्न मिल्ने/नमिल्ने विषयमा बहस सुरु भएको उल्लेख गर्दै त्यसलाई पनि छिट्टै निष्कर्षमा पु-याउने प्रतिवद्धता जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);