तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, २५ पुस । राष्ट्रिय जनता पार्टीका सांसदहरुले तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबारको संसदकाे बैठकमा समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले ७५ जनाको ज्यान जाने गरि भएको तराई मधेस थरुहट आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

पूर्वन्यायाधिश गिरिशचन्द्रलाल संयोजकत्वको जाँचबुझ आयोगले २०७४ मंसिर २९ गते नै प्रतिवेदन तयार गरि तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाईसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले प्रतिवेदनबारे अनविज्ञता जाहेर गर्न नमिल्ने दाबी गरे।

उनले भने “आजको प्रधानमन्त्रीले मैले प्राप्त गरेको छैन भन्दा यो भन्दा हास्यास्पद अरु के होला ? के प्रधानमन्त्री कार्यालय फेरिईसकेको छ ? प्रधानमन्त्री कार्यालयका कागजहरु दहन हुन्छ एउटा प्रधानमन्त्री गईसकेपछि ?”

प्रधानमन्त्री फेरिने तर पद नफेरिने भन्दै उनले आफुलाई जानकारी छैन भन्नुले प्रधानमन्त्री सो प्रतिवेदन प्रति गम्भीर नबनेको स्पष्ट भएको दाबी गरे । उनले प्रतिवेदन सार्वजनिक भएन भने आफुहरु संसद अवरोध गर्न बाध्य हुने भन्दै तत्काल सार्वजनिक गर्न सभामुख मार्फत सरकारलाई निर्देशन जारी गर्न सभामुखको ध्यानाकर्षण गराए । सांसद कर्णले उठाएको सवालमा सभामुख महराले पनि सरकारको विशेष ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);