ओलीको प्रश्न : अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ? | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ओलीको प्रश्न : अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् । माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अध्यक्ष ओलीले युवा संघको भेलामा सभामुखमाथि आक्रोश पोखेका हुन् ।

उनले कारवाहीको सूचना भित्तामा टाँस्ने कर्तव्य पूरा नगरेर सभामुखले जालझेल र फटाइँ गरेको आरोप लगाए । सभामुख हो कि कुनै पार्टीको कार्यकर्ताको हो रु कि गठबन्धनको मतियार हो रु कि एमालेविरुद्ध काम गर्ने मोहरा हो रु के हो तपाईं रुु, ओलीले प्रश्न गरे ।

प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्रको भागिदार, अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह नभएको र त्यही भएर सभामुखबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो । ओलीले फेरि प्रश्न गरे, अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?

उनले पुनर्स्थापनापछि संसद सुरु हुँदा यो अधिनायकको पराजय हो भनेर सभामुखबाट राजनीतिक लान्छना लगाएको भन्दै असन्तुष्टि जनाए । कुनै मूल्य, नैतिकता छैन । कस्तो मान्छे सभामुख भएछ रु यत्रो व्यवस्था लडिएर ल्याएछ । हेर्नुस् त कस्ताकस्ता मान्छे छन् टुप्पोमा रु यो परिस्थितिमा परिवर्तन ल्याउन युवाले भूमिका खेल्नुपर्छु, उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);