राजमार्ग अवरुद्ध भए दश मिनेटमै खुलाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजमार्ग अवरुद्ध भए दश मिनेटमै खुलाइने

sadak 10 minute mai khulne

काठमाडौं, ४ जेठ । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र खुलाउने योजना सरकारले ल्याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समग्र मुलुक र आमनागरिकको ‘लाइफ लाइन’ का रुपमा रहेका राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ, तै पनि यदि कुनै कारणले अवरुद्ध भएको अवस्थामा दश मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।” उहाँले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा ल्याएको जानकारी समेत दिनुभयो ।

आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विनाअवरोध सहज रुपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);