विधिको शासन कायम राख्न कानुन दिवसले कस्तो सहयोग गर्ला ? | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

विधिको शासन कायम राख्न कानुन दिवसले कस्तो सहयोग गर्ला ?

kanun diwas

पुष्पा पोखरेल
काठमाडौं, २७ बैशाख । सर्वाेच्च अदालतको आयोजनामा राजधानीमा बिहिबार कानून दिवस मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कानुन दिवस मनाइएको हो । विधिको शासन कायम राख्नु तथा कानुनी राज्य स्थापना गर्नु कानुन दिवसले कस्तो सहयोग गर्ला ?

विक्रम सम्वत् २००९ सालमा ऐतिहासिक रुपमा नेपालले न्यायालय ऐन जारी गरेको दिनको सम्झनामा हरेक वर्ष बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ । दिवस मनाइ रहंदा संबैधानिक सर्र्वाेच्चता र विधिको शासन कायम हुनुपर्नेमा आवाज उठ्दै आएको छ । नागरिकका हक अधिकार तथा स्वतन्त्रताको सँरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफनो भुमिका निर्वाह गर्नुपर्ने आवश्यकतालाई आजको दिनमा सुबैतिरबाट जोड दिने गरिन्छ ।

हुनत नेपालको संवैधानिक तथा न्यायीक स्वतन्त्रतामा बेला बेलामा प्रश्न खडा हुंदै आइरहेको छ । खासगरी न्यायपालिकाहरुमा न्यायाधीश नियुक्तिमा राजनैतिक भागबण्डा भएको विषयले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्ने गरेको हो ।

यसले गर्दा पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास घटदै गइरहेको देखिन्छ । न्यायपालिकामाथिको विश्वास बढाउन यस्ता कुराहरुलाई चिर्दे अगाडि बढनु पर्नेमा जोड दिनुहुन्छ, सर्वोेच्च अदालतका पुर्व रजिष्टार डा रामकृष्ण तिमल्सीना ।

प्रजातान्त्रिक अभ्यासमा राज्य चलाउने मुख्य तिन वटा अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन् । न्यायपालिकाको मुख्य कार्य न्याय प्रदान गर्नु र विधिको शासन स्थापना गर्नु हो । सर्र्र्वाेच्च अदालतमा अहिले पनि हजारौ मुद्दाको चाङ्ग हुन्छ । सर्वाेच्चबाट महिनामा करीव १५ सय मुद्दा फैसला हुन्छ । फेैसला भएपछि त्यसको कार्यान्वयनको पाटो भने फितलो देखिन्छ । विशेष गरी सार्वजनिक मुद्दाहरु सर्वाैच्चबाट फैसला भएपनि राजनैतिक प्रभावको कारण कार्यान्वयनमा आएको देखिदैन ।

सतिले सरापेको देश भन्दै अन्यायलाई व्याख्या गर्ने र नेपालमा यस्तै त हो नी भन्ने चलन नेपालमा बढ्दो छ । यो निराशाको अभिव्यक्ति हो । न्यायमा सर्वसाधरणको सहज पहुँच नहुनु, न्याय महंगो हुंदै जानु, न्याय प्रक्रिया झन्झटिलो हुनु, र न्यायालयबाट भएको फैसला कार्यान्वयन प्रभावकारी नभइ दिनुले सर्वसाधरण न्यायालयको ढोकासम्म जान अझै हच्किन्छन ।

कानूनको आफू अनुकूल व्याख्या हुनुले, नेपालको कानुन दैवले जानुन र कानूनका नौ सिङ भन्ने जस्ता उखान टुक्काहरु अझै निरर्थक बन्न सकेको छैन । नारामा चर्काे रुपमा सुनिने, विधिको शासनको प्रत्याभुति आमसर्वसाधरणले कहिले महशुस गर्न पाउलान ??

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);