राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गर्नुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, २७ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पार्नु भएको छ ।

अध्यक्ष दाहालले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क गर्नु भयो । ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजदुत हुने’ उहाँको भनाई थियो ।

शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा अध्यक्ष दाहालले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरुमा खड्गी समाजले पु¥याएको योगदानको पनि चर्चा गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);