मुलुकलाई मजबुत बनाउन सबैको योगदान आवश्यक : पूर्वराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मुलुकलाई मजबुत बनाउन सबैको योगदान आवश्यक : पूर्वराष्ट्रपति

rambaran-yadav

काठमाडौं, २६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन् । उनले हिमाल, पहाड र तराई जुनसुकै भूगोलमा बस्ने नेपालीले मुलुकलाई मजदुत बनाउन सकेसम्मको योगदान दिन आग्रह गरेका छन् ।

शुक्रबार ‘नेपाल भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै उनले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन र सामाजिक सदभाव कायम गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।

पूर्व राष्ट्रपति यादवले राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालको साहित्य सृजनामा पु-याएको योगदानको पनि स्मरण गरे । कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);