प्रधानमन्त्री ओली भियतनामको हनोईमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्री ओली भियतनामको हनोईमा

kp oli

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको हनोई पुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीवार नोई बाई अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री नयुन क्यूक डङले स्वागत गर्नु भएको थियो ।

औपचारिक भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललगायतले विदाई गर्नु भएको थियो । त्यस अवसरमा उहाँलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

भियतनामको ५ दिनको भ्रमणपछि प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको निमन्त्रणामा त्यहाँको ३ दिने भ्रमणमा सहभागी हुनुहुनेछ । भियतनाममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी फुकसँग द्धिपक्षीय भेटवार्ता गर्नु हुनेछ ।

त्यसैगरी उहाँले भियतनामको हानाम प्रान्तमा आयोजना हुने ‘अन्तराष्ट्रिय बुद्धिष्ट सम्मेलन’लाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ । सो सम्मेलनमा भारतका उपराष्ट्रपति बैंकट नाईडु, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसहितको उच्च राजनीतिक नेतृत्वको सहभागिता रहनेछ ।

बुद्धको जन्मस्थल लुम्विनी र शान्तको सन्देशलाई विश्वभर फैल्याउन सो सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता महत्वपूर्ण हुने विश्वास गरिएको छ । प्रधानमन्त्री ओली भ्रमणको क्रममा भियतनामसँग तीन वटा समझदारी गर्ने सरकारको तयारी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्धिपक्षीय परामर्श संयन्त्र निर्माणका विषयमा समझदारी गर्ने तयारी गरिएको हो । त्यसैगरी कम्बोडियाको भ्रमणका क्रममा द्धिपक्षीय हवाई उडानसम्बन्धि विगतमा गरिएका समझदारीलाई अघि बढाउने र सहयोगको क्षेत्र थप विस्तार गर्ने विषयमा छलफल हुनेछ । दुवै मुलुकको साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आगामी जेठ १ गते बुधबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);