प्रधानमन्त्री ओली आज भियतनाम प्रस्थान गदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रधानमन्त्री ओली आज भियतनाम प्रस्थान गदै

pm kp-oli

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम भ्रमणका लागि प्रस्थान गदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली ४२ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै भियतनाम र कम्बोडिया तर्फ जान लाग्नु भएको हो । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली अहिले विहान त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानुहुनेछ । त्यहाँ रहँदा उहाँले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको छ । प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते कम्बोडिया जानु हुनेछ । त्यहाँ उहाले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ ।भियतनामको भ्रमणमा जस्तै कम्बोडियामा रहँदा पनि उनले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);