प्रधानमन्त्री ओली निस्किए युरोप भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रधानमन्त्री ओली निस्किए युरोप भ्रमणमा

kp oli

काठमाडाैं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणको सिलसिलामा शनिबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् । नौ दिनसम्म हुने औपचारिक भ्रमणको कार्यतालिका अनुसार प्रधानमन्त्रीले स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्नु हुनेछ ।

स्विजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको सयौं बार्षिक उत्सव समारोहमा प्रधानमन्त्री ओलीले जेठ २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै दिन साँझ बेलायत पुगी अक्सफोर्ड विश्वबिद्यालयमा प्रधानमन्त्रीको सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि २८ गते प्रधानमन्त्री ओलीले बेलायतमा समकक्षी टेरेसा मेसँग औपचारिक भेटवार्ता गर्नु हुनेछ । बेलायतसँग बहुआमायिक बहुपक्षिय सम्बन्ध स्थापना भएको देश भएकाले उच्च स्तरीय राजनीतिक भ्रमणले नेपालमा लगानी भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बेलायत भ्रमणपछि प्रधानमन्त्री ओली जेठ २९ गते फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्चस्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुने कार्यक्रम छ । नेपाल फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ७० बर्षलाई विशेष रुपमा मनाउन, फ्रान्सेली लगानी भित्र्याउन र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटक भित्र्याउन पनि यो भ्रमण उपयोगी हुने सरकारको अपेक्षा छ ।

तर कुटनीतिक क्षेत्रका व्यक्तित्वहरु भने लगानी भित्र्याउने भन्दा पनि आइएलओ सम्मेलनमा प्रधानमन्त्री स्तरमा हुने भ्रमण बढी महत्वको हुने बताउँछन् । सरकारी तवरबाट यस्ता उच्च स्तरीय भ्रमण आवश्यक गृहकार्यका साथ हुनुपर्ने कुटनीतिज्ञ सिम्खडाको सुझाव छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय एकपछि अर्काे लगातार विदेश भ्रमण गरिरहनु भएको छ । भ्रमणको उद्देश्य र औचित्यमाथि चौतर्फी प्रश्न उठिरहेको बेला प्रधानमन्त्री ओलीले नौ दिन लामो युरोप भ्रमण गर्नु लाग्नु भएको छ ।

नेकपा भित्र आन्तरिक झमेला बढीरहंदा प्रधानमन्त्री ओली यस अघि पनि कम्बोडिया र भियतनामको लामो भ्रमणमा जानु भएको थियो । अहिले फेरी पार्टी भित्र आलोपालो प्रधानमन्त्री र पार्टी भित्र जिम्मेवारी बाँडफाँडमा विवाद बढेकै बेला प्रधानमन्त्री युरोप भ्रमणमा निस्कनुलाई पार्टी भित्रै यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);