प्रधानमन्त्री ओली आज युरोप भ्रमणमा जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओली आज युरोप भ्रमणमा जाँदै

pm kp oli

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमणका लागि आज स्वीजरल्याण्ड जानुहुने भएको छ । प्रधानमन्त्री ओली युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भोली स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुने जनाक्ष्एको छ । स्वीजरल्याण्डपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गर्नुहुनेछ । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले बेलायती समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

बेलायतको भ्रमणपछि प्रधानमन्त्री ओली फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनुहुनेछ । फ्रान्समा रहँदा उहाँले त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्नुहुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);