अभिभावकत्व ग्रहण प्रचारमात्रै : प्रधानमन्त्रीले नै बिर्सिए दायित्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अभिभावकत्व ग्रहण प्रचारमात्रै : प्रधानमन्त्रीले नै बिर्सिए दायित्व

oli bharna abhiyan

सुर्खेत, २५ जेठ ।  मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरैले सिको गरे । रारामै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । प्रधानमन्त्री ओलीले कक्षा १ मा भर्ना गराएकी बालिका ठिन्ले विद्यालय प्रथम भइन् ।

त्यसको एक वर्षपछि वैशाख ३ गते राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको उद्घाटन गर्न सुर्खेत आएका प्रधानमन्त्रीले बालिकाको प्रसंग निकाले । ‘मैले रारामा पुगेर भर्ना गरेकी बालिका कक्षा १ मा प्रथम भइछन्’, प्रधानमन्त्रीले भने, ‘जोखिममा रहेका तथा विद्यालयको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई तपाईंहरु पनि अभिभावकत्व ग्रहण गरेर विद्यालयको पहुँचमा पु¥याउनुहोस्, शिक्षादीक्षा दिनुहोस् ।’ तर विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभावकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाई खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छन् ।

यस्तै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गत वर्ष विपन्न दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरे । बस्नेतले आफ्नै गृहगाउँ भेरी नगरपालिका–१ रावतगाउँका लक्षिमान रावतका छोरा प्रवेशलाई कक्षा १ मा र सोही वडाको कोलचौरका कृष्णबहादुर विककी छोरी सर्मिलालाई कक्षा ६ मा भर्ना गराए । यीमध्ये सर्मिला अहिले काठमाडौंको एक अनाथालयमा छिन् । क्याट नेपालको सहयोगमा उनी काठमाडौं मित्रपार्कस्थित ज्ञानज्योति महिला स्कुलको कक्षा ८ मा पढ्दै छिन् । सर्मिलाकी आमा विमलाले अभिभावकत्व ग्रहण गरेका मन्त्रीले खर्च नबेहोरेपछि छोरीलाई काठमाडौंको अनाथालयमा पठाएको बताइन् ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);