बालबालिकालाई विद्यालय भर्ना गर्न र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सरकारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बालबालिकालाई विद्यालय भर्ना गर्न र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सरकारको आग्रह

school

काठमाडौं, २७ चैत । सरकारले शिक्षाको अवसरबाट बञ्चित भएका बालबालिकालाई विद्यालय भर्ना गर्न र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैलाई आह्वान गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद बैठकले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको हो । सरकारले प्रधानमन्त्री, मन्त्रीहरु राजनीतिक दलका पदाधिकारी तथा पेशाकर्मीलाई कम्तीमा एक बालबालीकाको स्वेच्छि अभिभावकत्व ग्रहण गर्न आह्वान गरेको छ । यो अभियानबाट कम्तिमा ५० हजार बालवालिका विद्यालय जान सक्ने सरकारको विश्वास छ ।

सरकारले आधारभूत तहको विद्यालय शिक्षा निःशुल्क गरेपनि पोशाक, स्टेशनरी, झोला, छाता लगायतका आधारभूत आवश्यकता पूरा गर्न स्वेच्छिक अविभाकत्वको योजना ल्याइएको हो । त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवमा भने डिल्लीराज घिमिरेलाई बढुवा गरी पदस्थापन गरेको छ । बैठकमा यातायात समितिहरु नविकरण नगर्ने प्रस्तावका विषयमा पनि छलफल भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);