सिन्डिकेट कायम गर्न पाउनुपर्ने माग गर्दै यातायात व्यावसायीद्वारा आन्दोलनको धम्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सिन्डिकेट कायम गर्न पाउनुपर्ने माग गर्दै यातायात व्यावसायीद्वारा आन्दोलनको धम्की

bus

काठमाडौं, २७ चैत । यातायात व्यावसायीहरुले सिन्डिकेट कायम गर्न पाउनुपर्ने माग गर्दै आन्दोलनको धम्की दिएका छन् ।

सरकारले सिन्डिकेट हटाउने गरी यातायात व्यवस्थापन निर्देशिका संशोधन गरेपछि यातायात व्यावसायीहरुले आन्दोलनको धम्की दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा भेला बोलाएर आन्दोलनमा जाने निर्णय गरेको छ । महासंघले आफूसँग सल्लाह नै नगरी निर्देशिका संशेधन गरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।

भेलाले आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मा केन्द्रीय कार्यसम्पादन समितिलाई दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले केही दिनभित्रै समितिको बैठक बोलाएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । काठमाडौं–बनेपा रुटमा मयुर यातायातलाई रुट इजाजात दिएको विरोधमा कोटेश्वर पूर्वका १३ वटा समितिले बस सेवा बन्द गरेपछि सरकारले देशभरका रुटमा इजाजत खोल्ने गरी चैत १८ गते निर्देशिका संशोधन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);