बैशाख २१ गतेबाट अनिश्चितकालीन यातायात बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैशाख २१ गतेबाट अनिश्चितकालीन यातायात बन्द

सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयविरुद्ध यातायात व्यवसायी आन्दोलनमा –

काठमाडौं, ५ वैशाख । सरकारको सिन्डीकेट खारेज गर्ने निर्णयको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

सरकारले आफूहरुसँग छलफल समेत नगरी एकलौटी ढंगले यातायात संघ, संस्थाहरुको दर्ता र नविकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

यातायात व्यवसायीहरुले सरकारले आफ्नो निर्णय फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् । आगामी बैशाख २१ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने लगायतका आन्दोलनको कार्यक्रम तय गरिएको छ ।

सरकारको निर्णय कसैको पनि हितमा नरहेको भन्दै यातायात व्यवसायीहरुले बुधबारबाटै सुरु हुनेगरी पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।

कार्यक्रम अनुसार भोली ६ गते विहिबार संयुक्त आन्दोलनको तयारी गर्ने, ७ गते निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्री, विभागीय मन्त्री, प्रदेश मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइनेछ । त्यसैगरी बैशाख १६ गते सबै यातायात कार्यालय घेराउ गर्ने र २१ गतेबाट सम्पूर्ण यातायात सेवा बन्द गर्न बाध्य हुने यातायात व्यवसायीहरुको चेतावनी छ ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले मध्यमस्तरका पूजी भएका व्यवसायीमाथि अन्याय गरेकाले त्यसको विरोधमा आन्दोलनमा जान बाध्य हुनु परेको बताए । सरकारले ५ वटा गाडी भएकाहरुलाई पनि कम्पनीमा गएर दर्ता गर्ने भनेर सानो पूजीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको यातायात व्यवसायीहरुको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);