सरकार र यातायात व्यवसायीबीच सिन्डिकेटको अन्त्य गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकार र यातायात व्यवसायीबीच सिन्डिकेटको अन्त्य गर्ने सहमति

syndicate

काठमाडौं, २४ वैशाख । आईतबार राति सरकार र यातायात व्यवसायीबीच विधिवत रुपमै सिन्डिकेटको अन्त्य गर्ने सहमति भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीहरुसहित पत्रकार सम्मेलन गरी आईतबार राति विधिवत रुपमै सिन्डिकेटको अन्त्य गर्ने सहमति गरिएको औपचारिक जानकारी गराएको हो ।

सो सहमतिसँगै यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिले आफ्नो पूर्वघोषित आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सहमतिमा यातायात व्यवसायीहरुले सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गरेको पनि उल्लेख गरिएको छ ।

यातायात क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरोकारवालाको समेत प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने सहमति पनि भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए ।

कार्यदलले दिएको सुझावको आधारमा सार्वजनिक सवारी साधनको उचित व्यवस्थापन गर्ने सरकारको योजना छ । सहमति अनुसार एउटा मात्र सार्वजनिक सवारी साधन भएको सवारीधनीले पनि सवारी संचालन गर्न पाउने छन् ।

सरकारले सिन्डिकेट खारेज गर्ने विधिवत निर्णय गरेपछि त्यसको विरोध गर्दै यातायात व्यवसायीहरुले अनिश्चितकालीन आम हडताल सहित आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । अहिले व्यवसायि आफ्ना सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरि सिन्डिकेटको अन्त्य गर्ने सरकारको निर्णयमा सहमति जनाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);