सिन्डीकेट अन्त्य गर्ने मन्त्री महासेठको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

सिन्डीकेट अन्त्य गर्ने मन्त्री महासेठको प्रतिबद्धता

काठमाडौं, २७ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा कायमै रहेको सिन्डीकेट अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट स्वयम् यातायात व्यवसायीको समेत हितमा नरहेको उनको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले सिन्डीकेटकै कारण यात्रुहरुले सास्ती व्यहोर्नु परेकाले नेपाल सरकार त्यसलाई पूर्ण प्रतिबन्ध लगाउन लागि परेको स्पष्ट पारेका छन् ।

उनले सिन्डीकेट खारेज गरिएको कानुनी व्यवस्थाबारे पनि यातायात व्यवसायीहरुलाई सचेत गराए । मन्त्री महासेठले यातायात क्षेत्रलाई पनि अन्य उद्योगजस्तै गरी संचालन गर्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए । मन्त्री महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण उपलब्धिपूर्ण भएको दावी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);