मन्त्री रघुवीर महासेठको ध्यान महानिर्देशक परिवर्तनमा केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मन्त्री रघुवीर महासेठको ध्यान महानिर्देशक परिवर्तनमा केन्द्रित

तेजना पण्डित

काठमाडाैं, १९ भदाै । मन्त्री रघुबिर महासेठले २०७४ साल चैत्र महिनाको पहिलो सातादेखि भौतिक पुर्वाधार मन्त्रालयको नेतृत्व सम्हाल्दै आउनु भएको छ । उहाँले मन्त्रालय सम्हालेको करिव १७ महिनामा मन्त्रालयको महत्वूर्ण मानिने यातायात व्यवस्था विभागमा ५ जना महानिर्देशक फेरिएका छन् ।

मन्त्री महासेठले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रुपनारायण भट्टराई यातायात व्यवस्था बिभागको महानिर्देशक हुनुहुन्थ्यो । भट्टराईकै पालामा यातायात क्षेत्रमा जरो गाडेर बसेको यातायातको सिण्डिकेट हटाउने निर्णय भएको थियो । यसले राष्ट्रिय राजनीतिमै ठूलो हलचल नै ल्यायो । यातायत व्यवसायी आन्दोलित भए ।

त्यसपछि मन्त्री महासेठले २०७५ जेठ ११ गते भट्टराईको सरुवा गर्नु भयो । त्यसपछि जेठ १२ गतेदेखि साउन १४ करिव २ महिना प्रेम कुमार सिंह महानिर्देेशकको रुपमा नियुक्त हुनु भयो ।

साउन १४ देखी फागुन २१ करिब ७ महिना लावण्ड्य कुमार ढकालले महानिर्देशकको रुपमा काम गर्नुभयो । त्यसपछि नियुक्त हुनुभयो, कुमार प्रसाद दाहाल । उहाँ पनि फागुन २७ देखी ०७६ साउन २६ गतेसम्म मात्र यातायात व्यवस्था बिभागको महानिर्देशकको रुपमा काम गर्न पाउनु भयो ।

भदौ २ गतेदेखी नयाँ महानिर्देशक गोगन बहादुर हमाल नियुक्त हुनु भएको छ । यसरी एउटा बिभागमा यती छोटो समयाबधिमा यति धेरै महानिर्देशक परिर्वतन हुनुलाई सर्वसाधारण मात्र होइन यातायात व्यवसायी समेत आजित भएका छन् ।

रघुविर महासेठ यातायात मन्त्री भएपछि यातायात विभागमा महानिर्देशकका रुपमा लावण्ड्य कुमार ढकालले ७ महिना टिक्नु भयो । विभागमा लामो काम गर्ने अवसर यो डेढ वर्षमा उहाँले नै पाउनु भयो । त्यसपछीका अन्यले करिव २ देखी ४ महिना मात्रै । मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवाली भने मन्त्रालयगत सेवा नहुँदा यस किसिमको समस्या आएको बताउनुहुन्छ ।

यसरी छोटो समयमा महानिर्देशक सरुवा भैरहेको अवस्थामा नव नियुक्त महानिर्देशक हमालले यातायात क्षेत्रको सुधारका लागी संघिय यातायात ऐन ल्याउने, सिन्डिकेट खारेजी पछी कम्पनीका रुपमा आएका यातायातलाइ ब्यबस्थित गर्ने, राजधानीको जामलाई व्यवस्थापन गर्ने, स्मार्ट लाइसेन्स बितरणमा भएको ढिलासुस्ती हटाउने लगाएतका करिव एक दर्जन योजना रहेका छन् ।

मन्त्रीहरुले आफ्नो स्वार्थमा लागेर आफुअनुकुलको व्यक्ति नियुक्त गर्न छिटो छिटो महानिर्देशकको सरुवा गर्ने गरेको सेवाग्राहीको आरोप छ । सिन्डीकेट खारेजी भएपनि सर्वसाधारणलाई सार्वजनिक यातायातमा सहज हुन सकेको छैन भने भाडादर पनि एकरुपता भएको पाइँदैन ।

स्मार्ट लाइसेन्स नपाएर लाखौं व्यक्तिहरु महिनौं यातायात व्यवस्था विभाग धाउनुपर्ने अवस्था छ । दशैं आउन लाग्यो अग्रिम टिकट बुकिङ अझै खुलेको छैन । राजधानीमा ट्राफिक जाम अव्यवस्थीत बन्दै गएको छ ।

यसको सुधार गर्नतर्फ मन्त्री महासेठको ध्यान गएको देखीदैन । उहाँको ध्यान खाली महानिर्देशक परिर्वतन गर्न तर्फ देखिन्छ । डेढ वर्षमा मन्त्री एउटै तर महानिर्देशक ५ वटा किन फेरिए ? खोजी हुनुपर्ने सरोकारवाला बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);