‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने सरकारको तयारी

काठमाडौं, ३ साउन । सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिनु भएको हो ।

उहाँले त्यसका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गर्ने पनि बताउनु भयो । शुक्रबार काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवाको एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै उहाँले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताउनु भयो । तर त्यसका लागि यातायात व्यवसायीहरुले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);