यातायातका लागि अलग्गै प्राधिकरण गठनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

यातायातका लागि अलग्गै प्राधिकरण गठनको तयारी

yatayat mantralaya

काठमाडौं, ४ साउन । सरकारले समग्र यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दै अलग्गै यातायात व्यवस्था प्राधिकरणको गठन गर्ने तयारी गरेको छ ।

सरकारले सिन्डिकेट अन्त्य गर्दै यातायात समितिलाई कम्पनीमा परिवर्तन गरेपछि त्यसको उचित व्यवस्थान गर्न प्राधिकरण गठन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको हो ।

हाल समग्र यातायात क्षेत्रको काम यातायात व्यवस्था विभागले गर्दै आएकोमा सरकारले प्राधिकरण नै गठन गर्ने तयारी गरेको हो ।

विभागबाट देशभर १२ वटा यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी, बाटो इजाजत र नवीकरणसम्बन्धी काम हुँदै आएको छ । विभागले संगठित एवं प्रभावकारी ढंगबाट यातायात सेवा सञ्चालन गराउन त्यसको आर्थिक तथा प्राविधिक पक्षमा अध्ययन तथा अनुसन्धान गर्ने वा गर्न लगाई त्यससम्बन्धी आवश्यक नीति निर्धारण गर्नेलगायत २६ प्रकारका काम गर्दै आएको छ ।

पछिल्लो समय भने सरकारले प्राधिकरण गठन गर्न त्यसको मस्यौदासमेत तयार गरेको छ भने सरकारले केही दिनमै मस्यौदा संसद्मा पेस गर्ने तयारी गरेको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);