भिसीटिएस तत्काल खारेज गर्न व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

भिसीटिएस तत्काल खारेज गर्न व्यवसायीको माग

काठमाडौं, ३ असार । यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि संचालनमा ल्याइएको सो प्रणाली मान्य नहुने भन्र्दैै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो ।

ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएको छ ।

त्यसप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु परेको ढुवानी व्यवसायीको भनाई छ । उनीहरुले आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको सो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन ।

ढुवानी ब्यवसायीले सानो लगानीमा रहेका ढुवानीकर्तालाई उठ्नै नसक्ने प्रावधानसहित सरकारले उक्त प्रणाली संचालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);