कञ्चनपुर-कमला नदी सडक खण्डको टेन्डर रद्द गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

कञ्चनपुर-कमला नदी सडक खण्डको टेन्डर रद्द गर्न माग

काठमाडौं, २८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघले कञ्चनपुर–कमला नदी सडक खण्डको टेन्डर आह्वान तत्काल रद्द गर्न सरकारसँग माग गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले करिव १३ अरवको लगानीमा सम्पन्न गर्न लागिएको सो सडक परियोजनामा स्वदेशी निर्माण व्यवसायीहरु सहभागी हुन नपाउने प्रावधानसहित टेन्डर आह्वान गरिएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरे ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विदेशी कम्पनीसँग मिलेर नेपालका निर्माण व्यवसायीहरुले पनि काम पाउने गरी सो सडक परियोजनाको ठेक्काको काम अघि बढाउने गरी पुनः टेन्डर आह्वान गर्ने वातावरण बनाई दिन समितिका सदस्यहरुलाई आग्रह गरे ।

नेपाली निर्माण कम्पनीहरुले जटिल खालको सडक निर्माण कार्य पनि सम्पन्न गरेको उल्लेख गर्दै सो सडक खण्डको काममा पनि उनीहरुलाई सहभागी गराउने व्यवस्था गर्नुपर्ने अध्यक्ष सिंहको भनाई छ ।

महासंघले वैदेशिक ऋण सहयोगमा निर्माण हुने आयोजनाहरुको निर्माण कार्यमा नेपाली निर्माण व्यवसायीहरुलाई अनिवार्य सहभागी गराउनुपर्ने माग पनि गर्दै आएको छ ।