खानेपानी, ढल, विद्युतको पोल लगाएतका निर्माण एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

खानेपानी, ढल, विद्युतको पोल लगाएतका निर्माण एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न माग

nirman bebasyi

काठमाडौं, २७ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघले खानेपानी, ढल र विद्युतको पोल र सडक निर्माणको काम एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न सरकारसँग माग गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको खानेपानी, ढल, विद्युतको पोलको निर्माण कार्य एकैसाथ नहुँदा काठमाडौंको सडकको निर्माण कार्य दीगो हुन नसकेको पनि स्पष्ट पारेको छ ।

महासंघका अध्यक्ष रवि सिंहले खानेपानी, ढल र विद्युतको पोलका कारण सडक निर्माणको काम दीगो हुन नसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेन्डर आह्वान प्रक्रिया सुरु गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले खानेपानीको पाईप र ढलको गुणस्तर नहुदा सडकमा पिँच गर्न समस्या हुने गरेको पनि पटकपटक दोहो-याउनु भयो । महासंघले सार्वजनिक खरिद नियमावली तत्काल संशोधन गरी निर्माण व्यवसायमैत्री बनाउन पनि सरकारलाई दवाव दिँदै आएको छ

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);