खानेपानी प्राधिकरण गठन गर्न कांग्रेस सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

खानेपानी प्राधिकरण गठन गर्न कांग्रेस सांसदको माग

विकाश समिति

काठमाडौं, १९ भदौ । प्रतिनिधि सभाको विकाश समितिको बैठकमा खानेपानी सम्बन्धि सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ ।

विकास तथा प्रविधी समितिको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गर्नु भएको हो ।

काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धि काम गर्न भिन्न भिन्न कार्यालयहरु भएकोले जनताले दुख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नु पर्ने बताउनु भयो ।

 

विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेश गरेको खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भैरहेको छ । छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताउनु भयो ।

यस्तै समितिमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न गर्नु भयो। बैठकमा उपस्थित हुनुभएको खानेपानी तथा सरसफाई मन्त्रि बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गर्नु भयो।

नेपाल सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाई सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गणुस्तरीय खानेपानी र सरसफाई सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोरपानीको व्यवस्थापन गर्ने भन्दै पहिलो पटक खानेपानी तथा सरसफाई सम्बन्धमा बिधेयक बनाई सदनमा पेश गरेको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);