बोइङ ७३७ विमानमा सुरक्षा प्रश्न, धेरै मुलुकमा ग्राउन्डेड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बोइङ ७३७ विमानमा सुरक्षा प्रश्न, धेरै मुलुकमा ग्राउन्डेड

air china

काठमाडौं, २९ फागुन । अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।

नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई बिना ठोस आधार उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर्णय गर्न नसकेको हो ।

नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपाली कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको भन्दै विदेशी कम्पनीका जहाजलाई त्यसै रोक्न नमिल्ने जानकारी दिए ।

गत आइतबार इथियोपिया र गत अक्टोबर २९ मा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना भएको थियो । पाँच महिनाको अवधिमा एउटै सिरिजका दुई विमानको दुर्घटना समान देखिएपछि यसको सुरक्षालाई लिएर संसारभरी प्रश्न उब्जिएको हो । दुवै विमान उचाइ लिएलगत्तै दुर्घटनामा परेका र पाइलटले समस्या आएको टावरलाई जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);