विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन बोइङ तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विमान दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन बोइङ तयार

boing

एजेन्सी, ७ असोज । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना दुई वटा विमान दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । कम्पनीले हरेक परिवारलाई १ लाख ४४ हजार ५ सय डलर क्षतिपूर्ति दिने बताएको छ ।

गत जुलाई महिनामा बोइङले घोषणा गरेको ५ करोड अमेरिकी डलर बराबरको सहायता कोषबाट यो रकम प्रदान गरिनेछ । बोइङको ७३७ ‘म्याक्स’ सिरिजको दुईवटा विमान इथियोपिया र इन्डोनेसियामा दुर्घटना हुँदा ३४० भन्दा बढी यात्रु मारिएका थिए ।

दुर्घटनामा विमानकै खराबी दावी गर्दै मृतकका परिवार बोईङविरुद्ध अदालत पुगेपछि कम्पनी क्षतिपूर्ति दिन तयार भएको हो । तर कम्पनीले घोषणा गरेको क्षतिपूर्ति रकम असाध्यै कम भएको भन्दै मृतकका परिवारका तर्फबाट वकालत गरिरहेका एक जना अधिवक्ताले यो स्वीकार गर्न नसकिने जनाएका छन् । दुर्घटनाको कारण पत्ता नलागेसम्म आफुहरुले न्याय नपाउने पीडित परिवारको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);