विमान दुर्घटना पीडितलाई डेढ करोडभन्दा बढी क्षतिपूर्ति | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

विमान दुर्घटना पीडितलाई डेढ करोडभन्दा बढी क्षतिपूर्ति

plane crash

काठमाडौं, ३२ असार । सरकारले विमान दुर्घटना क्षतिपूर्ति रकम बढाउने गरी मन्ट्रियल सन्धि सम्मेलन गर्ने बाटो खुला गर्ने भएको छ। योसँगै पीडितका परिवारले पाउने क्षतिपूर्ति रकम हालको २० हजार अमेरिकी डलरबाट वृद्धि भई करिब एक लाख ६० हजार डलर पुग्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पेस गरेको मन्ट्रियल सन्धि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिले स्वीकृत गरेसँगै क्षतिपूर्ति बापत पाउने रकम बढ्ने निश्चित जस्तै भएको हो ।

बढेको रकम अन्तर्राष्ट्रिय उडानमा मात्र लागू हुनेछ। समितिले स्वीकृत गरेको क्षतिपूर्ति बढने सन्धिको विषय अब मन्त्रिपरिषदले स्वीकृत गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए। ‘क्षतिपूर्ति रकम नबढाउनुपर्नेमा कुनै कारण छैनन्’, मन्त्री वास्कोटाले भने, ‘एक चरणको मन्त्रिपरिषद्को छलफलबाट यो विषय टुंगो लाग्छ।’

मन्त्रिपरिषद्ले स्वीकृति गरेको सन्धि संसद्मा अनुमोदन भएपछि सम्मेलनको बाटो खुला हुनेछ। संसदबाट अनुमोदन भएको मन्ट्रियल सन्धि सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओमा पत्र पठाउनेछ। आईकाओले स्वीकृति दिएसँगै हवाई जहाज दुर्घटनका पीडितले मन्ट्रियल सन्धिअनुसार क्षतिपूर्ति पाउने मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए। क्षतिपूर्ति रकमको विषयमा मन्ट्रियल सन्धिमा मुख्यत दुईवटा दायित्वको अवलम्बन गरेको नेपाल बताउँछन्।

नेपाल अहिले ‘वार्सा सन्धि’ सदस्य राष्ट्र हो। वार्सा सन्धिअनुसार हवाई दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलर मात्रै पाउने व्यवस्था छ। तर, नेपाल ‘मन्ट्रियल सन्धि’ राष्ट्र सदस्य भएपछि यो रकम एक लाख १३ हजार एक सय एसडीआर अर्थात् एक लाख ५८ हजार नौ सय १० अमेरिकी डलर पुग्नेछ। यो रकम आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार हो। सोहीअनुसार विमान दुर्घटनामा ज्यान गुमाएका तथा अंग भंग भएका पीडितका परिवारले आइतबारकै दररेट अनुसार एक करोड ७३ लाखभन्दा बढी रुपैयाँ पाउँछन्।

योसँगै सन्धिमा जहाज दुर्घटनमा एयरलाइन्स कम्पनीको कमजोरी रहेको अवस्थाममा पनि असीमित दायित्व बिमा दाबी गर्न पाउने व्यवस्था गरेको छ। सअघिको वार्सा सन्धिमा भने पीडितका परिवारले नै जहाज दुर्घटनमा एयरलाइन्स कम्पनीको कमजोरी रहेको भनी प्रमाणित गर्नु पर्ने व्यवस्था पनि मन्ट्रियल सन्धिले खारेज गरेको छ।

यसैगरी मन्ट्रियल सन्धिमा एयरलाइन्स कम्पनी आफैले आफ्नो वाहनको कुनै कमजोरी नरहेको भनी प्रमाणित गरेको अवस्थामा मात्रै असीमित बिमा दायित्वको दाबी गर्न नपाउने व्यवस्था गरेको छ। यस अघि नेपाल सदस्य रहेको वार्सा सन्धिमा यो व्यवस्था थिएन। वार्सा सन्धिमा हवाई दुर्घटनाका पीडितले जम्मा क्षतिपूर्ति बापत २० हजार डलर मात्रै पाउने व्यवस्था गरेको थियो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);