जर्ज फ्लोइडको परिवारलाई स्थानीय सरकारका तर्फबाट क्षतिपूर्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

जर्ज फ्लोइडको परिवारलाई स्थानीय सरकारका तर्फबाट क्षतिपूर्ति

एजेन्सी, २९ फागुन । प्रहरीको नियन्त्रणमा मृत्यु भएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको परिवारलाई अमेरिकाको स्थानीय सरकारले ३ अर्ब १३ करोड २० लाख रुपैँया अर्थात् २७ मिलियन डलर क्षतिपूर्ति दिनेको भएको छ ।

गएको वर्ष मे २५ तारिकका दिन मिनियापोलिस नगरमा प्रहरील घाँटी न्याक्दा फ्लोइडको मृत्यु भएको थियो । अमेरिकी प्रहरी अधिकारी डेरेक चौविनले फ्लोइडलाई भुइँमा लडाइ घँडाले घाँटीमा थिच्दा उनको मृत्यु भएको थियो ।

सो घटनाको भिडियोमा उनले आफूलाई सास फेर्न गाह्रो भएको भन्दै गर्दा पनि प्रहरीले घाँटीमा थिचिराख्दा उनको मृत्यु भएको थियो । उनको मृत्युको भिडियो सो समयमा भाइरल भएको थियो ।

सो घटना पछि संसारभर अश्वेत नागरिकहरु माथि श्वेतको दममविरुद्ध ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चर्किएको थियो । उनको मृत्यु भएको झण्डै एक वर्षपछि मिनियापोलिस नगर परिषद् बैठकले फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेको हो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);