अमेरिका,अस्ट्रेलिया, भारत र जापानबीच एसियामा खोप उत्पादन सम्बन्धी सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिका,अस्ट्रेलिया, भारत र जापानबीच एसियामा खोप उत्पादन सम्बन्धी सहमति

एजेन्सी,२९ फागुन। अमेरिका, अस्ट्रेलिया, भारत र जापानबीच एसियामा सन् २०२२ सम्ममा कोरोना खोपको १ अर्ब डोज पु¥याउने समहति भएको छ ।

अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरुबीच भएको बैठकले यस्तो समहति गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भर्चुअल विधिबाट भएको बैठकमा भारतमा बन्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोपको १ अर्ब मात्रा एसियाली मुलुकहरुमा उपलब्ध गराउने समहति भएको हो ।

अमेरिकी राष्ट्रपति बाइडन, जापानी प्रधानमन्त्री योशिहिदे सुगा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनबीच क्वाड नामक गठबन्धनलाई सुदृढ बनाउने समहति पनि भएको बताइएको छ ।

यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्वाड स्थापना भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);