सी भ्रमणका अन्तर्राष्ट्रिय तरंग | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

सी भ्रमणका अन्तर्राष्ट्रिय तरंग

xi n bidhya vet

काठमाडौं, ६ कात्तिक । अमेरिकाको सुप्रसिद्ध फोब्र्स पत्रिकाले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सन् २०१८ को विश्वको सर्वाधिक शक्तिशाली व्यक्ति घोषणा गरेको थियो। तिनै सी २१ घण्टा नेपाल बसाइपछि नेपाली जनताको शुभेच्छा र सद्भावना लिएर स्वदेश फर्किए। यसभन्दाअघि विश्वको शक्तिशाली व्यक्तित्वमा अमेरिका र रुसको वर्चस्व रहने गर्दथ्यो।

विगत ४०÷५० वर्षयता चीनले हासिल गरेको आर्थिक विकासले विश्वको सर्वाधिक शक्तिशाली नेतृत्व अब एसियामा सरेको छ। भनिन्छ २१ औं शताब्दी एसियाको हो। चीनपछि उदीयमान आर्थिक शक्तिमा भारत अघि बढिरहेको छ भने जापान, दक्षिण कोरिया र अस्ट्रेलिया पनि विश्व आर्थिक वर्चस्व स्थापित गर्न यसअघिदेखि नै संघर्षरत छन्।

विगत दुई हप्तादेखि नेपाल चीनको कम्युनिस्ट पार्टी र राष्ट्रपति सीमय भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको नीति जसलाई सी विचारधारा भनिएको छ, त्यसमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रशिक्षण विभागका प्रमुखलगायतले नेपाल सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीमण्डलका सदस्यहरू र पार्टीका नेताहरूलाई प्रशिक्षण दिएपछि भएको राष्ट्रपतिको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्र नै तरंगित हुनु स्वाभाविक छ। संयुक्त राष्ट्र संघका करिब दुई सय राष्ट्रमा चिनियाँ कम्युनिस्ट विचारधाराको प्रशिक्षण लिने अर्को कुनै राष्ट्र छैन।

आफूलाई कट्टर कम्युनिस्ट राष्ट्र भन्ने उत्तरकोरिया आफ्ना संस्थापक नेता किम इल सुङको विचार अनुकरण गरिरहेछ। उसले चिनियाँ कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी मान्दैन। अन्य कम्युनिस्ट पार्टीहरू भियतनाम वा क्युबा कम्युनिज्म विचारधारा भन्दा खुला अर्थतन्त्र अपनाएर विकासको गतिमा अघि बढिरहेका छन्। सी विचारधाराको प्रशिक्षण लिने विश्वको एक मात्र सरकार र पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र हो। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार